१४ असार २०८३, आइतबार

जहाँ अमेरिकी फाइटर जेटहरू खसालिए

चैत २१, २०८२
काठमाडौं
जहाँ अमेरिकी फाइटर जेटहरू खसालिए

पछिल्ला केही दशकहरूमा विभिन्न स्थानमा अमेरिकी फाइटर जेटहरू खसालिएका छन्। अमेरिकी सेनाको अत्याधुनिक प्रविधि र हवाई प्रभुत्वका कारण यस्ता घटना कमै मात्र हुने गरे पनि इतिहासमा केही महत्वपूर्ण र घातक दुर्घटनाहरू रेकर्ड गरिएको बीबीसीले जनाएको छ । 

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार, पछिल्लो समय कुवेतमा एउटा 'फ्रेन्डली फायर' (आफ्नै सुरक्षा बलको गल्ती) का कारण तीनवटा 'एफ-१५' फाइटर जेटहरू खसालिएका थिए। उक्त घटनामा विमानमा सवार सबै ६ जना चालक दलका सदस्यहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए। यस्तै शनिबार नै पनि इरानमा अमेरिका फाइटर जेट खसालिएको छ । 

यस्तै, मार्च १२ मा पश्चिमी इराकमा भएको अर्को एक दुर्घटनामा अमेरिकी सैन्य रिफ्युलिङ (इन्धन भर्ने) विमान र अर्को विमान एक-आपसमा ठोक्किँदा चालक दलका ६ जना सदस्यको मृत्यु भएको थियो।

सन् २००३ को 'अपरेशन इराकी फ्रिडम' का क्रममा अमेरिकाले आफ्ना केही महत्वपूर्ण विमानहरू गुमाएको थियो। ७ अप्रिल २००३ मा कतारको अल उदेद एयर बेसबाट उडान भरेको 'एफ-१५ई स्ट्राइक ईगल' इराकको टिक्रित नजिकै खसालिएको थियो। 

उक्त सैन्य कारबाहीका क्रममा पाइलट एरिक दास र हतियार अधिकारी विलियम वाटकिन्सको मृत्यु भएको थियो।
त्यसको भोलिपल्ट, अर्थात् ८ अप्रिल २००३ मा बग्दादमा अमेरिकी वायुसेनाको 'ए-१० थन्डरबोल्ट २' विमानलाई जमिनबाट प्रहार गरिएको मिसाइलले खसालेको थियो। यद्यपि, उक्त घटनामा पाइलटले विमान क्र्यास हुनुअघि नै सफलतापूर्वक सुरक्षित अवतरण गर्न सफल भएका थिए।

सन् २०११ को मार्चमा लिबियामा भएको सैन्य हस्तक्षेपका क्रममा पनि अमेरिकाको अर्को एउटा 'एफ-१५ई' फाइटर जेट दुर्घटनाग्रस्त भएको थियो। उत्तर-पूर्वी लिबियामा भएको उक्त दुर्घटनापछि अमेरिकी मरीन कर्प्सले चारवटा विमान र दुईवटा हेलिकप्टर प्रयोग गरेर पाइलटको सकुशल उद्धार गरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्