२१ जेठ २०८३, बिहीबार
एसियाडको तयारीमा विकास

पुर्ख्यौली घर रोल्पा, जन्म भारतमा: पहिले कराँते खेलाडी, अहिले जुडोमा ऐतिहासिक पदकको लक्ष्य

‘लक्ष्य कठिन छ तर, ऐतिहासिक पदक जित्नेमा आशावादी छु’
चैत २६, २०८२
काठमाडौं

 अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि नतिजामुखी खेल हो, जुडो । थुप्रै जुडो खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको गौरव बढाएका छन् ।

यद्यपि, एसियाली खेलकुदमा हालसम्म नेपालले जुडो खेलमा पदक जित्न सकेको छैन । दक्षिण एसियाली खेलकुदमा भने नेपाली खेलाडीले स्वर्ण पदकसमेत जितिसकेका छन् ।

सन् १९५१ देखि शुरू भएको एसियाली खेलकुदको इतिहासमा जुडो खेललाई सन् १९८६ को सियोल संस्करणपछि समावेश गरिएको हो ।

नेपालले पनि दुई दशकभन्दा लामो समयदेखि एसियाली खेलकुदको जुडोमा सहभागिता जनाउँदै आएको छ । तर, हालसम्म पदक तालिकामा नाम लेखाउन भने सकेको छैन ।

एसियाली खेलकुदको २० औँ संस्करण सन् २०२६ को सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ ।

यसपटक एसियाडमा नेपालले ऐतिहासिक स्वर्णसहित दोहोरो पदक जित्ने लक्ष्यसहित ‘मिसन–२०२६’ नामबाट विशेष अभियान सञ्चालन गरिरहेको छ ।

आगामी एसियाली खेलकुदमा नेपालले पदक जित्ने विश्वास लिएको खेलमध्ये जुडो पनि एक हो । अहिले जुडो खेलाडीहरू देशको गौरव बढाउने लक्ष्यसहित एसियाडको तयारीमा व्यस्त छन् ।

त्यसैमध्येका एक खेलाडी विकास विकसँग लोकान्तरले कुराकानी गरेको छ । रोल्पा पुर्ख्यौली घर भए पनि उनको जन्म भारतमा भएको हो । उनले भारतमै जुडो खेलको कखरा सिकेका हुन् ।

रमाइलो संयोग के हो भने, उनी जुडोभन्दा पहिले कराँते खेलाडी थिए । भारतमै उनले कराँतेका थुप्रै प्रतियोगिता पनि खेले । तर, कालान्तरमा समयले उनलाई जुडोको प्रतिभाशाली खेलाडीका रूपमा स्थापित गरायो ।

भारतकै एकेडेमीमा रहेर जुडोको कला सिकेका विकास यतिबेला आफ्नो देश नेपाललाई एसियाडमा जुडोको पहिलो पदक चुमाउने लक्ष्यसहित बन्द प्रशिक्षणमा रहेर निरन्तर तयारी गरिरहेका छन् ।

एसियाली खेलकुदमा यो उनको दोस्रो सहभागिता हुनेछ । उनले यसअघि चीनमा आयोजित १९ औँ एसियाली खेलकुदमा सहभागिता जनाएर एक बाउटसमेत जितेका थिए ।

विभागीय टोली नेपाल पुलिस क्लबमा आबद्ध विकाससँग कुराकानीका क्रममा हामीले रोल्पादेखि भारत हुँदै पुन: नेपाली खेलकुदसँग जोडिँदासम्मको यात्रा तथा नेपाल र भारतमा खेल संस्कृतिको अवस्थाका विषयमा कुराकानी गरेका थियौँ ।

यसैगरी, अघिल्लो एसियाली खेलकुद र एसियन च्याम्पियनशिपले दिएको अनुभव, नेपाली खेलाडीले भोग्नु परिरहेको चुनौती, आगामी एसियाडको तयारीजस्ता समसामयिक विषयमा केन्द्रित रहेर पनि प्रश्न गरेका थियौँ ।

विकका भनाइ हाइलाइट्स

० लक्ष्य कठिन छ, तर ऐतिहासिक पदक जित्नेमा आशावादी छु ।

० खेलाडीलाई ‘अन्तर्राष्ट्रिय एक्सपोजर’ आवश्यक छ ।

० प्रतिद्वन्द्वी निकै बलिया छन्, जुडोको ‘पावर हाउस’ नै एसिया हो

० खेलाडीलाई नियमित प्रशिक्षणसँगै सन्तुलित आहार पनि चाहिन्छ ।

० एक साता प्रशिक्षण रोकिनु भनेको एक महिनाको तयारी खेर जानु हो ।

प्रस्तुत छ, विकाससँग गरिएको कुराकानीकोसम्पादित अंश :

salt training

कमेन्ट गर्नुहोस्