१४ असार २०८३, आइतबार

गगन थापाले शुरू गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान

बैशाख १, २०८३
काठमाडौं
गगन थापाले शुरू गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान शुरू गरेको छ।

पार्टीका सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुरूआत गरेका हुन् । 

क्रियाशील सदस्यता अद्यावधिक गर्ने र पार्टीलाई पुनर्संगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानको रूपमा घोषणा गरेको छ ।

संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले शुरू गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले जानकारी दिए ।

अभियान अन्तर्गत देशभरका क्रियाशील सदस्यलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ । पार्टीको सदस्यता अद्यावधिक गर्न आफ्नो वडामा आफैं जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । 

विगतमा अरूले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्य सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेस नेताले बताएका छन् ।

पार्टीले यसलाई संगठन सुदृढीकरण र अनुशासन मजबुत बनाउने महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्