२५ जेठ २०८३, सोमबार

छ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बीमा

बैशाख ४, २०८३
स्याङ्जा
छ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बीमा

स्याङ्जाको भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको स्वास्थ्य बीमा गर्न थालेको छ ।

यही वैशाख १ गतेदेखि वडाले बालमैत्री शीर्षकअन्तर्गत बाल कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्न शुरू गरेको हो ।

वडाध्यक्ष नन्दलाल खनालका अनुसार वडाका सामुदायिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई वडाले जन्मदर्ताका आधारमा हरेक विद्यार्थीको एक लाख बराबरको स्वास्थ्य बीमा गर्न प्रारम्भ गरेको हो ।

उनले भने, '८ नम्बर वडा भएको भिरकोट नगरपालिकाभित्रका जुनसुकै सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययन गरे तापनि वडाले नि:शुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो ।'

स्वास्थ्य बीमा लागू भएका अस्पतालबाट बीमाअनुसार नै उपचार हुने र अन्य अस्पतालहरूमा उपचारको रसिदका आधारमा भुक्तानी हुने उनले जानकारी दिए ।

यो वडाले जन्मदर्ता प्रोत्साहन गर्न बच्चा जन्मेपछि खाता खोलेर पाँच हजार रुपैयाँ जम्मा गरिदिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्