२५ जेठ २०८३, सोमबार
२४ सै घण्टा अर्थतन्त्र चलायमान

कसरी चलिरहेको छ ठमेलको रात्रिकालीन व्यवसाय ? [भिडियो]

बैशाख ६, २०८३
काठमाडौं

पर्यटन क्षेत्रलाई उकास्नका लागि सरकारले रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा खोल्ने निर्णय गरेको थियो । 

विशेषगरी राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सरकारले २०८१ सालदेखि २४ सै घण्टा खुलाइएको  हो । ठमेलका साथै दरबारमार्गलाई पनि २४ सै घण्टा खुला गरेको दुई वर्ष पूरा भइसकेको छ । 

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डको संयुक्त साझेदारीमा नेपाल सरकारबाट २०८१ वैशाख १ गतेदेखि २४ सै घण्टा खुला गरिएको थियो । 

आर्थिक मन्दीको मारमा परेको पर्यटन व्यवसायलाई चलायमान बनाउन ठमेल र दरबारमार्ग क्षेत्र सधैं खुला राख्ने निर्णय गरिएको हो । पहिले र अहिले बजारको चहलपहल र अस्त व्यस्तता उस्तै छ । व्यवसायीहरू खुसी पनि छन् निराश पनि छन् । 

रात्रिकालीन व्यवसाय व्यवस्थित हुन नसकेको गुनासो गर्नेहरू पनि छन् । व्यापार बढेकोमा खुसी हुनेहरू पनि छन् । 

रात्रिकालीन व्यवसायमा होटेल, रेष्टुरेन्ट, बार, लाउन्ज, डान्स क्लब, दोहोरी साँझलगायत पर्छन् । यी व्यवसायहरू निश्चित समयसम्म खुल्ने गर्दछन् । 

तर, ठमेलमा २ वर्षदेखि सानादेखि ठूला पसल २४ सै घण्टा खुल्ला हुन्छन् । मध्यरातमा एमआरपीमै पेयर पदार्थ पाइन्छ । जसको असर होटेल तथा रेष्टुरेन्टमा परेको व्यवसायीको गुनासो छ । 

२ वर्षपछि ठमेल बजारको अवस्था कस्तो छ ? रात्रिकालीन व्यवसाय कतिको चलायमान भएको छ ? यस विषयमा तयार पारिएको भिडियो सामग्री हेर्नुहोस् :

 

salt training

कमेन्ट गर्नुहोस्