२५ जेठ २०८३, सोमबार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

जेठ २०, २०८३
काठमाडौं
सुनको मूल्य स्थिर, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज स्थिर छ । चाँदीको मूल्य केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल तीन लाख ११ हजार ३०० कायम भएको छ । मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

आज एक तोला चाँदी पाँच हजार ३७० मा खरिदबिक्री भइरहेको छ । मंगलबार त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४८७ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्