२२ जेठ २०८३, शुक्रबार

बजेटको आकार बढ्यो, तर राज्यको चरित्र परिवर्तन गर्ने योजना आएन : पूर्वअर्थमन्त्री पाण्डे

जेठ २०, २०८३
बुटवल
बजेटको आकार बढ्यो, तर राज्यको चरित्र परिवर्तन गर्ने योजना आएन : पूर्वअर्थमन्त्री पाण्डे

नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कुनै नयाँपन नभएको बताएका छन् । बजेटको आकार २५ प्रतिशतले बढे पनि राज्यको चरित्र परिवर्तन गर्ने कुनै योजना समावेश नभएको उनको दाबी छ । 

रूपन्देही व्यापार संघले बुधबार बुटवलमा आयोजना गरेको आर्थिक बहसमा नेता पाण्डेले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । ‘जनताको ठूलो आशा र चासो रहेको बजेट अघिल्लै योजनाको निरन्तरता मात्र छ,’ नेता पाण्डेले भने, ‘बजेटले पुराना कार्यक्रम मात्र बोकेको छ, नयाँ शब्दमात्र हालेको छ । तात्विक रुपान्तरण हुने नयाँ घोषणा केही छैनन् ।’

बजेटमा उधारो ऐन ल्याउँछु भन्ने समावेश गरेकोमा त्यसलाई आफूले सकारात्मक रूपमा लिएको उनले बताए । ‘नेपालका लागि उधारो ऐन जरुरी थियो, धेरै व्यवसायी टाट पल्टिएका पनि छन्,’ नेता पाण्डेले भने, ‘यसको असुल उपर गर्ने ऐन ल्याउँछु भन्ने राम्रो छ । म अर्थमन्त्री हुँदा पनि यो ऐन बनाउनुपर्छ भन्ने कुरा थियो ।’

मध्यम बर्गलाई केन्द्रमा राखे पनि निजी क्षेत्रलाई लगानी गर्ने उत्साह बजेटले जगाउन नसक्ने नेता पाण्डेको भनाइ छ । व्यवसायीलाई उत्साह नआउँदासम्म देशमा समृद्धि आउन नसक्ने पाण्डे बताए ।

चालु आर्थिक वर्षमा पुँजीगत बजेट खर्च हुन नसकेको बताउँदै उनले २१ सय अर्बको बजेटको बजेटमा पुँजीगत खर्च डेढ खर्ब पुँजीगत खर्चले देश अघि बढ्छ भन्दै प्रश्न गरे ।

salt training

कमेन्ट गर्नुहोस्