२३ जेठ २०८३, शनिबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

जेठ २२, २०८३
काठमाडौं
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार १०० र चाँदी ५५ रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल तीन लाख नौ हजार कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार २३० निर्धारण भएको छ । 

हिजो बिहीबार एक तोला सुनको मोल तीन लाख ११ हजार १०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २८५ निर्धारण भएको थियो ।  गत बुधबार एक तोला सुन तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ३७० मा खरिदबिक्री भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४४३ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्