२३ जेठ २०८३, शनिबार

राष्ट्रपति रनिङ शिल्ड खेलकुद : रिले दौडमा गण्डकी प्रदेशले जित्यो कीर्तिमानसहित स्वर्ण

जेठ २१, २०८३
काठमाडौं
राष्ट्रपति रनिङ शिल्ड खेलकुद : रिले दौडमा गण्डकी प्रदेशले जित्यो कीर्तिमानसहित स्वर्ण

गण्डकी प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र चार गुणा चार सय मिटर रिले दौडमा बिहीबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदिप भण्डारी सम्मिलित गण्डकीको टोलीले निर्धारित दूरी तीन मिनेट २७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान बनाएका हुन् ।

यसअघि तीन मिनेट ३०.९ सेकेन्डको कीर्तिमान बागमती प्रदेशका प्रवीण राना मगर, हस्त सुनार, निरज शाह र सन्तबहादुर दराइको नाममा थियो । उनीहरूले उक्त कीर्तिमान यही प्रतियोगिताको गत संस्करणमा बनाएका थिए ।

तीन मिनेट ३०.७ सेकेन्डको समय निकाल्दै बागमतीका सप्रेश अधिकारी, निरज शाह, हस्त सुनार र सचिन थिङको टोली दोश्रो भयो । सुदूरपश्चिम प्रदेशका सुरेश चौधरी, चित्रबहादुर केसी, विराज सुनार र बरुणदत्त रानाको टोली तेश्रो भयो ।

सोही स्पर्धाको छात्रातर्फ बागमती प्रदेशका सुरुची मोक्तान, अनिशा थारू, भगवती खड्का र सर्मिला विकको टोली पहिलो भयो । यो टोलीले निर्धारित दूरी चार मिनेट १८.१ सेकेन्डमा पूरा गर्‍यो ।

null

लुम्बिनी प्रदेशका अनुजा चौधरी, रोशनी कामी, करिश्मा खड्का र दुर्गा विकको टोली दोश्रो तथा सुदूरपश्चिमका उषा चौधरी, विजया चटौल, स्वस्तिका शाह र कमल जैशीको टोली तेश्रो भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भइरहेको प्रतियोगिताको छात्र लङजम्पमा सुदूरपश्चिमका विक्रम नाथ पहिलो भए । उनले ६.६० मिटर जम्प गरे । बागमतीका दीपेन्द्र गिरी दोस्रो र विशाल गुरुङ तेश्रो स्थानमा रहे ।

सोही स्पर्धाको छात्रातर्फ ५.०८ मिटर जम्प गर्दै बागमती प्रदेशकी अनिशा थारू पहिलो भइन् । सुदूरपश्चिमकी उषा चौधरी दोश्रो र लुम्बिनी प्रदेशकी गरिमा चौधरी तेश्रो भए ।

छात्र ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमका लोकेश ऐरीले स्वर्ण जिते । उनले ५६.३२ मिटर थ्रो गरे । लुम्बिनीका अमित थारूले रजत र कोशी प्रदेशका सोहेल मनसोलीले कांस्य पदक जिते ।

null

सोही स्पर्धाको छात्रातर्फ सुदूरपश्चिमकी पूजा साउद पहिलो भइन् । पूजाको उत्कृष्ट थ्रो ३५.४२ मिटर रह्यो । कोशीकी उमिता राई र कर्णाली प्रदेशकी सरिता शाह क्रमश: दोश्रो र तेश्रो भए ।

छात्र आठ सय मिटर दौडमा बागमतीका हस्त सुनार पहिलो भए । उनले दुई मिनेट ००.२ सेकेन्डमा दौड पूरा गरे । कर्णालीका सुमन सुनार दोश्रो र लुम्बिनीका सचिन कुर्मी तेश्रो भए ।

सोही स्पर्धाको छात्रातर्फ बागमती प्रदेशकी भगवती खड्का दुई मिनेट २२.१ सेकेन्डसहित पहिलो भइन् । सुदूरपश्चिमकी स्वस्तिका शाह दोश्रो र गण्डकी प्रदेशकी आस्मा अधिकारी तेश्रो भए ।

salt training

कमेन्ट गर्नुहोस्