२२ जेठ २०८३, शुक्रबार
बजेट २०८३/८४

सरकारी कर्मचारीको तलब–सुविधा पुनरवलोकन, शुरू स्केलमा १० प्रतिशत वृद्धि

जेठ १५, २०८३
काठमाडौं
सरकारी कर्मचारीको तलब–सुविधा पुनरवलोकन, शुरू स्केलमा १० प्रतिशत वृद्धि

सरकारले सरकारी कर्मचारीको पारिश्रमिक तथा सुविधा पुनरवलोकन गर्दै शुरू स्केलमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब तथा सुविधा पुनरावलोकन गरिएको जानकारी दिए ।

बजेट वक्तव्यअनुसार कर्मचारीलाई मासिक १० प्रतिशत प्रोत्साहन भत्ता प्रदान गरिनेछ । यस व्यवस्थापछि कर्मचारीले खाइपाइ आएको खुद आम्दानीमा २१ प्रतिशतसम्म वृद्धि हुने सरकारको अपेक्षा छ ।

सरकारले कर्मचारीको न्यूनतम् मासिक तलब ४० हजार रूपैयाँ र अधिकतम एक लाख रूपैयाँसम्म पुर्‍याउने व्यवस्था गरेको पनि बजेटमार्फत घोषणा गरेको छ । यो तलबमान आउँदो साउन १ गतेदेखि लागू हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्