२४ जेठ २०८३, आइतबार

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय थप्यो

जेठ २१, २०८३
काठमाडौं
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय थप्यो

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय थप गरेको छ ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबार बसेको बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि जेठ २८ गते राति १२ बजेसम्मका लागि अन्तिम पटक थप गर्ने निर्णय गरेको हो ।

पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको जनाएको छ ।

समितिले तोकिएको नयाँ समयसीमाभित्र सदस्यता अद्यावधिकको काम अनिवार्य रूपमा सम्पन्न गर्न सम्बन्धित सबै तह र सदस्यलाई आग्रह गरेको छ ।

कांग्रेसले यो समयसीमालाई अन्तिम पटकको म्यादका रूपमा उल्लेख गरेको छ ।  क्रियाशील सदस्यता अद्यावधिकको समय आजसम्म रहेकामा थप समय दिइएको पौडेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्