०५ साउन २०८३, मंगलबार

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउने

साउन ४, २०८३
काठमाडौं
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउने

सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकले उक्त निर्णय गरेको हो ।

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुने कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहने छन् ।

शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गरिएपछि साविकमा रहेका अन्य सार्वजनिक बिदाहरूको पुनरावलोकन आवश्यक देखिएको भन्दै उक्त कार्यदल गठन गर्ने निर्णय गरिएको हो।

कार्यदललाई गठन भएको मितिले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

कमेन्ट गर्नुहोस्