०४ साउन २०८३, सोमबार
फुटबलका सदाबहार जादुगर

जहाँ मेसी हुन्छन्, त्यहाँ असम्भव पनि सम्भव हुन्छ !

असार ३२, २०८३
काठमाडौं
जहाँ मेसी हुन्छन्, त्यहाँ असम्भव पनि सम्भव हुन्छ !

चार वर्षअघि कतारको आकाशमा सुनौलो ट्रफी उचाल्दा लागेको थियो– ३५ वर्षका लियोनल मेसीको विश्वकप कथाले पूर्णता पायो। उनको त्यो अन्तिम विश्वकप खेल भनिएको थियो र धेरैका लागि उनी सर्वकालीन महान् खेलाडीका रूपमा स्थापित भइसकेका थिए । त्यसको पनि चार वर्षअघि, अर्थात् सन् २०१८ मा ३१ वर्षको उमेरमा पराजित हुँदा धेरैले सोचेका थिए– मेसीको विश्वकप यात्रा उपाधिविहीन नै टुंगियो।

तर, फुटबलको यो जादुगरका अगाडि उमेर केवल एउटा फगत नम्बर मात्रै साबित भएको छ। ३९ वर्षको परिपक्व उमेरमा पनि मेसीले मैदानमा यस्तो तहल्का मच्चाएका छन्, जसले इंग्ल्याण्डलाई स्तब्ध पार्दै अर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुर्‍याएको छ।

गएराति भएको सेमिफाइनलमा १–० ले पछि परेको अर्जेन्टिनालाई २–१ को पुनरागमन जित दिलाउन मेसीले दुईवटा ऐतिहासिक असिस्ट गरे। यससँगै सन् २०२६ को यस महाकुम्भमा उनको नाममा ८ गोल र ४ असिस्ट भइसकेको छ। उनी यस विश्वकपको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । अब सोमबार बिहान न्युजर्सीको फाइनलमा अर्जेन्टिनाले स्पेनको सामना गर्नेछ- जुन देशको बार्सिलोना क्लबमा मेसीले आफ्नो खेल जीवनको स्वर्णिम समय बिताएका थिए ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी भन्छन्, 'उनी इतिहासकै सर्वश्रेष्ठ खेलाडी हुन्। आफूलाई प्रमाणित गर्न उनले अब अरू के नै गर्न बाँकी छ र ? अधिकांश स्पेनिस नागरिकले पनि उनलाई औधी माया गर्छन्।' विश्लेषकहरूका अनुसार खेल जस्तोसुकै मोडमा होस्, अर्जेन्टिनासँग लियोनल मेसी छन्, जो फुटबलका अजम्बरी राजा हुन् । जुड बेलिङघम वा ह्यारी केन चम्किने आशा थियो । तर राजा राजा नै हुन् भन्ने कुरा मेसीले फेरि देखाइदिए।

आफ्नो लामो र प्रतिष्ठित करियरमा मेसीले यसअघि कहिल्यै इंग्ल्याण्डविरुद्ध खेलेका थिएनन् । इंग्ल्याण्डका प्रशिक्षक थोमस ट्युचेल र उनका फ्यानहरू सायद मेसीसँगको यो पहिलो भेट कहिल्यै नभइदिएको भए हुन्थ्यो भन्ने सोचिरहेका होलान् ।

खेलको पहिलो हाफमा मैदानको मध्यभागमा रहेर केही उत्कृष्ट टचहरू देखाएका मेसी दोस्रो हाफमा ५५औँ मिनेटमा इंग्ल्याण्डका एन्थोनी गोर्डनले गोल गरेपछि पूर्ण रूपमा ब्युँतिए । इंग्ल्याण्डले गोल गरेपछि रक्षात्मक रणनीति अपनाउँदै आफ्नो रक्षापङ्क्तिको ढोका बन्द गर्ने प्रयास गर्‍यो । तर, इंग्ल्याण्डको यही गल्ती नै मेसीका लागि वरदान साबित भयो । इंग्ल्याण्ड रक्षात्मक बन्दा अर्जेन्टिनाले त्यसपछिको ३७ मिनेटसम्म खेलमा ८८ प्रतिशत बल पजेसन राख्यो ।

यही समयमा प्रशिक्षक स्कालोनीले मेसीलाई दायाँ विङ्गरको भूमिकामा सारे। खेलपछि अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले भने, 'मेसीलाई विङ्गरका रूपमा लैजानु नै हाम्रो जितको मुख्य आधार बन्यो।'

दायाँ भागबाट मेसीले इंग्ल्याण्डको डिफेन्सलाई क्षतविक्षत पारिदिए। उनले खेलभरि ९ पटक सफल ड्रिबल गरे र २ वटा गोलको अवसर सिर्जना गरे। सन् १९६६ यता विश्वकपको नकआउट चरणको एउटै खेलमा यस्तो ऐतिहासिक प्रदर्शन गर्ने मेसी पहिलो खेलाडी बनेका छन्। 

null

तुलनात्मक रूपमा हेर्दा, सिङ्गो इंग्ल्याण्ड टोलीले मिलेर जम्मा ७ पटक मात्र ड्रिबल गर्न सकेको थियो। विपक्षीको पेनाल्टी बक्सभित्र मेसी एक्लैले ७ पटक बल छोए, जुन सम्पूर्ण इंग्लिस खेलाडीहरूको सामूहिक सङ्ख्या बराबर थियो। उनले खेलभरि सर्वाधिक ९ वटा क्रस प्रहार गरे र ४ वटा सुनौला अवसर सिर्जना गरे।

खेलको ८५औँ मिनेटमा मेसीकै कर्नर पासमा एन्जो फर्नान्डेजले डिबक्स बाहिरबाट प्रहार गर्दै बराबरी गोल फर्काए। त्यसको केही मिनेटपछि, इन्जुरी समयमा मेसीकै सटिक क्रसमा लाउटारो मार्टिनेजले हेडरमार्फत विजयी गोल गरे।

पूर्वइंग्लिस गोलरक्षक जो हार्टले टिप्पणी गरे, 'इंग्ल्याण्डले मेक्सिको र नर्वेविरुद्धजस्तै रक्षात्मक ढोका थुन्ने प्रयास गरेको थियो। तर, उनीहरूले के बिर्सिए भने लियोनल मेसीसँग त्यो ढोका खोल्ने 'मास्टर की' थियो। उनले खेलको अन्तिम १५ मिनेटमा एक्लै राज गरे।' इंग्ल्याण्डका कप्तान ह्यारी केनले पनि मेसीको प्रसंशा गर्दै भने, 'हामीले उनलाई लामो समयसम्म रोकेर राख्यौँ, तर उनीजस्तो खतरनाक खेलाडीले बल पाउने बित्तिकै जादु गर्न सक्छन्। उनी विश्वकै सर्वश्रेष्ठ हुनुको कारण यही हो।'

गोल्डेन बुटको होड र कीर्तिमानको ओइरो
जारी विश्वकपमा मेसीले आफ्ना कुल १२५ अन्तर्राष्ट्रिय गोलमध्ये विश्वकप इतिहासमा मात्रै २१ गोल पुर्‍याएर सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनका २१ विश्वकप गोलमध्ये १५ वटा गोल उनले ३५ वर्षको उमेर पार गरेपछि गरेका हुन्।

यस संस्करणमा ८ गोल गरिसकेका मेसीले सन् २०२२ को आफ्नो ७ गोलको रेकर्डलाई पछि पारेका छन्। हाल गोल्डेन बुटको रेसमा मेसी र फ्रान्सका किलियन एमबाप्पे समान ८ गोलका साथ शीर्ष स्थानमा छन्। फ्रान्सले शनिबार तेस्रो स्थानका लागि इंग्ल्याण्डको सामना गर्नेछ। फिफाको नियमअनुसार गोल बराबर भएमा असिस्ट संख्या हेरिने भएकाले ४ असिस्ट गरिसकेका मेसी, ३ असिस्ट गरेका एमबाप्पेभन्दा अगाडि छन्। मेसी यस विश्वकपको सर्वाधिक असिस्ट गर्ने खेलाडी बन्ने दौडमा पनि फ्रान्सका माइकल ओलिसेभन्दा मात्र एक कदम पछि छन् ।

पूर्व इंग्लिस गोलरक्षक पाल रोबिन्सन भन्छन्, 'उनी साँच्चैका साना जादुगर हुन्। उनले यो विश्वकपभरि जे गरेका छन्, त्यो अद्भूत छ।'

के मेसी कहिल्यै थाक्लान्?
यो सम्झिनु आवश्यक छ कि सन् २०१६ मा लगातार फाइनलहरू (सन् २०१४ को विश्वकप र तीनवटा कोपा अमेरिका) गुमाएपछि निराश भएर २९ वर्षको उमेरमा मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । तर, त्यो निर्णय फिर्ता लिएपछि उनले अर्जेन्टिनालाई दुई पटक कोपा अमेरिका र एक पटक विश्वकपको उपाधि दिलाए।

null

सन् २०२२ मा कतारमा विश्वकप जित्दा उनको करियरको अन्तिम इच्छा पूरा भएको मानिएको थियो र पेले तथा म्याराडोनासँगको महानताको बहस सकिएको ठानिएको थियो। त्यसपछि बार्सिलोना र पीएसजी जस्ता युरोपेली क्लब छाडेर अमेरिकाको इन्टर मियामी पुग्दा उनी अब फुटबलबाट बिस्तारै विश्राम लिँदै छन् भन्ने अनुमान गरिएको थियो।

तर, ३९ वर्षको उमेरमा पनि मेसीको भोक मेटिएको छैन, यद्यपि उनको खेल्ने शैलीमा परिवर्तन आएको छ। रणनीतिक रूपमा आफूलाई पाँच पटकभन्दा बढी रूपान्तरण गरिसकेका मेसीले यस विश्वकपमा आफूले तय गरेको कुल दूरीको ४७ प्रतिशत दूरी केवल हिँडेरै पार गरेका छन्, जुन कुनै पनि आउटफिल्ड खेलाडीको तुलनामा सबैभन्दा बढी हो। उनी मैदानमा दौडँदैनन्, केवल सही समयको पर्खाइमा हिँड्छन् र बल खुट्टामा आउनासाथ आँधीबेहरी ल्याउँछन्।

हाल मेसीले इन्टर मियामी र अर्जेन्टिनाका लागि लगातार १३ खेलमा गोल वा असिस्ट गरेका छन्। यदि सोमबार स्पेनविरुद्धको फाइनलमा पनि उनले गोल वा असिस्ट गरेमा, उनले सन् २०११ मा बनाएको लगातार १४ खेलको आफ्नो व्यक्तिगत रेकर्डलाई बराबरी गर्नेछन्। साथै, ब्राजिलका काफुपछि इतिहासमै तीनवटा विश्वकपको फाइनल खेल्ने उनी विश्वकै दोस्रो खेलाडी बन्नेछन्।

के यो नै मेसीको अन्तिम विश्वकप खेल होला त? सन् २०३० को विश्वकप आउँदा उनी ४३ वर्षका हुनेछन्। तर, यी आठ पटकका ब्यालोन डी'ओर विजेताको हकमा कुनै पनि कुराको पहिले नै अनुमान लगाउनु फुटबल इतिहासकै सबैभन्दा ठुलो भूल हुनेछ। बीबीसी

salt training

कमेन्ट गर्नुहोस्