११ साउन २०८३, सोमबार

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

साउन ११, २०८३
काठमाडौं
सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै आज बिहान खसेको पहिरोका कारण केही समय अवरुद्ध बनेको यातायात सेवा अहिले पूर्ण रूपमा सुचारु भएको छ।

सोमबार बिहान करिब ६ बजेको समयमा सिमलताल नजिकै पहिरो खस्दा सडक खण्डमा दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा बन्द भएको थियो । सडक अवरुद्ध भएपछि बिहानैदेखि यात्रामा निस्किएका यात्रुहरू बाटोमै अलपत्र परेका थिए।

सडक डिभिजन भरतपुरका अनुसार डिभिजन कार्यालयको मेसिन तथा जनशक्ति प्रयोग गरी खसेको पहिरो पन्छ्याएको हो । निरन्तरको प्रयासपछि पहिरो पूर्ण रूपमा हटाइएको र बिहान ६:३० बजेदेखि नै सडक आवागमन पुनः सुचारु भइसकेको सडक डिभिजनले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्