२१ जेठ २०८३, बिहीबार
रवि-मोदी भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

जेठ २०, २०८३
काठमाडौं
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता

भारत भ्रमणका रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । बुधबार लामिछानेले मोदीसँग भेटवार्ता गरेका हुन् ।

भारतीय जनता पार्टीको निमन्त्रणमा दिल्ली गएका लामिछानेले मंगलबार भाजपा अध्यक्ष नितिन नवीन, भारतीय विदेशमन्त्री डा. एस.जयशंकर र गृहमन्त्री अमित शाहलगायतसँग भेटवार्ता गरेका थिए ।

रविसँगको भेटवार्ताको तस्वीर सामाजिक सञ्जालमा राख्दै मोदीले भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाल  प्राथमिक साझेदार मुलुक रहेको बताएका छन् । 

मोदीले रास्वपा सभापति लामिछानेसँग भेटघाट गर्न पाउँदा खुसी लागेको समेत उल्लेख गरेका छन् ।

उनले नेपाल र भारतबीच साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने लामिछानेको चाहनालाई आफूले स्वागत गर्ने र त्यसमा पूर्ण सहमति रहेको बताएका छन् ।

मोदीका अनुसार भेटवार्तामा नेपाल–भारत सम्बन्ध, विकास साझेदारी तथा दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । 

‘नेपाल हाम्रो ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गतको प्राथमिक साझेदार हो’, मोदीले भनेका छन्, ‘नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन हामी उत्सुक छौं ।’

salt training

कमेन्ट गर्नुहोस्