२८ जेठ २०८३, बिहीबार

सशस्त्रको सवारी शाखामा आगलागी- डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

जेठ २१, २०८३
काठमाडौं
सशस्त्रको सवारी शाखामा आगलागी- डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयको एमटी शाखा (सवारी शाखा)मा बुधबार राति भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन भएको छ । 

प्रधान कार्यालयले डीआईजी सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी विष्णुप्रसाद भट्टका अनुसार  समितिले काम शुरू गरिसकेको छ । समितिलाई छिटो छानबिन सकाएर प्रतिवेदन पेस गर्न  भनिएको छ ।

बुधबार राति ८ बजेतिर सवारी शाखामा आगलागी भएको थियो । आगलागीबाट केही सवारीमा क्षति पुगेको बताइएको छ । बंगलामुखी गणबाट आएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

सशस्त्रको प्रधान कार्यालयमा यसअघि पनि आगलागी भएको थियो । त्यस्तै, सतुंगलस्थित सशस्त्रको स्टोरमा पनि यसअघि आगलागी भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्