२७ जेठ २०८३, बुधबार

स्याङ्जामा टिपर दुर्घटना, एकको मृत्यु

जेठ २७, २०८३
स्याङ्जा
स्याङ्जामा टिपर दुर्घटना, एकको मृत्यु

स्याङ्जाको चापाकोट नगरपालिका–४ पुम्दीमा बुधबार साँझ टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार दुर्घटनामा म्याग्दीको मालिका गाउँपालिका–५ का २३ वर्षीय तिलक परियारको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा सोही स्थानका १८ वर्षीय करन परियार घाइते भएका छन्। उनको हात र खुट्टामा सामान्य चोट लागेको छ। उनको गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ग१क ४४४६ नम्बरको टिपर चापाकोट–४ मल्याङकोटबाट घुर्लीचौरतर्फ सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको थियो। उकालो सडक चिप्लो भएकाले टिपर नियन्त्रण गुमाएर करिब १०० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्