२१ जेठ २०८३, बिहीबार

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाए १५ औं अर्धशतक

जेठ २१, २०८३
काठमाडौं
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाए १५ औं अर्धशतक

नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को अर्धशतक बनाएका छन् ।

उनले सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा बिहीबार मलेसियाविरुद्ध अर्धशतक बनाएका हुन् ।

उनले २५ बलमा दुई छक्का र आठ चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् । २९ वर्षीय कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १५ औं अर्धशतक हो ।

यही प्रतियोगिताको चीनविरुद्धको खेलमा उनले शतक बनाएका थिए । त्यो खेलमा उनले केवल ४३ बलको सामना गरी १६ छक्का र पाँच चौका हिर्काएका थिए । यो ढाँचाको क्रिकेटमा उनले दुईवटा शतक प्रहार गरेका छन् ।

मलेसियाविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ७.३ ओभरमा कुनै पनि विकेट नगुमाई एक सय १२ रन बनाएको छ । आसिफ शेख ५६ रन बनाउँदै क्रिजमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्