२२ जेठ २०८३, शुक्रबार

हाम्रा कुरा ध्यानपूर्वक सुनिए, प्रसन्न र आशावादी भएर स्वदेश फर्किँदैछु– रवि लामिछाने

जेठ २१, २०८३
काठमाडौं
हाम्रा कुरा ध्यानपूर्वक सुनिए, प्रसन्न र आशावादी भएर स्वदेश फर्किँदैछु– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा आफूहरूका कुरा ध्यानपूर्वक सुनिएको बताएका छन् ।

दिल्लीमा भएका भेटवार्तापछि आफू प्रसन्न र आशावादी भएर फर्किन लागेको उनले बताए । बिहीबार नयाँ दिल्लीमा प्रवासी नेपालीको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले नेपालसँग सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता भारतबाट प्राप्त गरेको बताएका हुन् ।

‘दिल्लीमा ध्यानपूर्वक नेपालको कुरा सुनिए, जसरी नेपालसँग सँगसँगै अगाडि बढ्ने जुन प्रतिबद्धता मैले यहाँ प्राप्त गरेँ विभिन्न बैठकहरूमा, त्यसबाट प्रसन्न भएर आशावादी भएर देश फर्किँदैछु’ लामिछानेले भने, ‘धेरै आशावादी भएर अगाडि बढ्दैछु कि नेपाल समृद्धिको यात्रामा सँगसँगै बढ्ने छ ।’

लामिछानेले विगतमा नेताहरू राजनीतिक ढोका खोल्न दिल्ली आउने गरेको भए पनि आफू आर्थिक समृद्धिको ढोका खोल्न आएको बताए । 

‘नेपाललाई नयाँ गन्तव्यमा लिएर जान तयार भएर हामी आएका छौं’, उनले भने, ‘कसरी सहकार्य गर्न सकिन्छ भन्ने खाका बोकेर आएका हौं ।’

५ दिने भ्रमणमा दिल्ली गएका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भापजा अध्यक्ष नितिन नवीन लगायतलाई भेटेका थिए ।  लामिछाने भोलि शुक्रबार स्वदेश फर्किँदैछन् ।

salt training

कमेन्ट गर्नुहोस्