![पाँच दिने भ्रमणका लागि भारत प्रस्थान गरे रवि लामिछाने [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Rabi_Lamichhane_India_Visit_6_VOxYgc6YK0.jpg)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।
उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा सोमबार भारत प्रस्थान गरेका हुन् ।
लामिछाने यही जेठ २२ गते स्वदेश फर्कनेछन् । रास्वपा प्रवक्ता मनिष झाले आइतबार नै प्रेस विज्ञप्ति जारी गरेर भ्रमणबारे जानकारी दिएका थिए ।
लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ ।
उनले भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।
रविसँगै उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य भारत प्रस्थान गरेका छन् ।





