२१ जेठ २०८३, बिहीबार

बालाजु पौडी पोखरीमा १३७ खेलाडीबीच अन्तर-वडास्तरीय पौडी प्रतियोगिता

जेठ १६, २०८३
काठमाडौं
बालाजु पौडी पोखरीमा १३७ खेलाडीबीच अन्तर-वडास्तरीय पौडी प्रतियोगिता

बालाजु उद्यानस्थित पौडी पोखरीमा आज शनिबारदेखि महानगरस्तरीय पौडी प्रतियोगिता शुरू भएको छ । 

काठमाडौं महानगरपालिका-२९ ले नेपाल पौडी संघसँगको सहकार्यमा ‘स्वस्थ शरीर, स्वस्थ वडा, स्वस्थ महानगर’ नारासहित आयोजना गरेको प्रतियोगितामा विभिन्न वडाबाट १३७ जना खेलाडी प्रतिस्पर्धामा छन् । जसमा ७६ जना पुरुष र ६१ जना महिला खेलाडी छन् । 

आयोजक वडाले अरु वडाबाट अधिकतम ८ जनासम्म खेलाडी पठाउन पत्राचार गरेको थियो । यसबाट सबै वडाले सहभागी पठाएको वडा सदस्य सन्तोष ढुङ्गेलले जानकारी दिए । 

प्रतियोगितामा ५० मिटर, १ सय मिटर, २ सय मिटर र ४ सय मिटर दूरीमा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, वटरफ्लाई विधामा प्रतिस्पर्धा हुनेछ । इन्डिभिज्युअल मेडले २ सय मिटर दूरीको हुनेछ । यस्तै, महिला पुरुषको संयुक्त रिले पनि हुनेछ । 

वडा सदस्य ढुङ्गेलका अनुसार महानगरबासीलाई सक्रिय जीवनका लागि प्रोत्साहित गर्न, शारीरिक अभ्यासमा क्रियाशील बनाउन, अन्तर-वडा समन्वय बढाउन, स्थानीयस्तरबाट राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडी उत्पादन गर्न खेल आयोजना गरिएको हो ।

खेलमा उत्कृष्ट महिला खेलाडी र पुरुष खेलाडीलाई नगद २५ हजार रूपैयाँसहित पुरस्कृत गरिनेछ । खेलाडीको प्रोत्साहनका लागि मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्