
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन गरेकी छन् ।
विभाग मन्त्रालयको मातहत आएपछि मन्त्री मेहताले बिहीबार अनुगमन गरेकी हुन् ।
त्यसक्रममा उनले विभागका कर्मचारीहरूसँग छलफल समेत गरेको मन्त्रालयले जनाएको छ ।
विभाग यसअघि कृषि मन्त्रालय मातहत थियो ।

