
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले इरानका शत्रुहरू युद्धमैदानमा पराजित भइसकेको दाबी गरेका छन् ।
बिहीबार जारी गरेको सन्देशमा उनले युद्ध मैदानमा पराजित भएपछि अहिले जनताको मनोबल कमजोर पार्ने र देशभित्र विभाजन सिर्जना गर्ने प्रयासमा लागेको बताएका छन् ।
खामेनीले यस्ता चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताको आवश्यकता औंल्याउँदै जनतामा निराशा वा हताशा फैलाउने कुनै पनि गतिविधि शत्रुलाई सहयोग पुर्याउने कार्य हुने बताएका छन् ।
उनको सन्देश इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहोल्लाह खोमेनीको निधनको वार्षिकोत्सव तथा एक महत्त्वपूर्ण शिया धार्मिक पर्वको अवसरमा आयोजित कार्यक्रममा उनका तर्फबाट वाचन गरिएको थियो ।