२० असार २०८३, शनिबार

बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित

जेठ १६, २०८३
काठमाडौं
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित

एक ११ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा शनिबार श्रीलङ्काको एक बरिष्ठ बौद्ध भिक्षुलाई जिम्मेवारीबाट निलम्बन गरिएको छ ।

एक दुर्लभ अनुशासनात्मक कदममा ७१ वर्षीय पल्लेगामा हेमरथनालाई ज्ञानको खोजीमा रहँदा बुद्धलाई आश्रय दिएको विश्वास गरिएको पवित्र पीपल (फिकस) को प्रमुख संरक्षकको रूपमा उनको जिम्मेवारीबाट हटाइएको हो ।

“माल्वाटे शाखाका भिक्षुहरूको परिषद्ले आज भेन हेमरथनालाई उहाँविरुद्ध कानुनी कारबाही पूरा नभएसम्म निलम्बन गर्ने निर्णय गरेको छ,” शीर्ष भिक्षुद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

कोलम्बोबाट २०० किलोमिटर उत्तरमा रहेको अनुराधापुरास्थित जय श्री महाबोधि मन्दिरमा सन् २०२२ मा ११ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा हेमरथनालाई प्रहरीले ९ मेमा पक्राउ गरेको थियो।

उनलाई सुनुवाईमा उपस्थित हुने सर्तमा अदालतले धरौटीमा रिहा गरेको थियो भने उनलाई विदेश जान रोक लगाएको थियो ।

दैनिक हजारौं मानिसहरूले पूजा तथा अर्चना गर्ने जय श्री महाबोधि मन्दिर नजिकै रहेको पीपलले बुद्धलाई ज्ञानको खोजीमा हिँडेका समय बुद्धत्व प्राप्त गरेको पीपलसँग सम्बन्धित भएको मानिन्छ ।

श्रीलङ्काले बुद्धको जन्म, ज्ञान र निधनको स्मृति दिवस मनाएकै दिन हेमरथनाको निलम्बन भएको हो ।

श्रीलङ्कामा बुद्ध भिक्षुहरूमाथि बालबालिकामाथि दुव्र्यवहार गरेका कैयौँ घटना भएका छन्, तर यस्तो अपराधको आरोप लगाइएका हेमरथना सबैभन्दा वरिष्ठ भिक्षु हुन् ।

salt training

कमेन्ट गर्नुहोस्