०२ साउन २०८३, शनिबार

सप्तरी कारागारमा चल्यो गोली, ड्युटीमा रहेका जवान घाइते

असार १९, २०८३
काठमाडौं
सप्तरी कारागारमा चल्यो गोली, ड्युटीमा रहेका जवान घाइते
फाइल फोटो

सप्तरीको राजविराजस्थित कारागारको सुरक्षामा खटिएका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दा घाइते भएका छन् ।

बिहीबार राति भएको घटनामा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर दरबन्दीका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव घाइते भएका कारागार प्रमुख रूपक मण्डलले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार ड्युटीमा रहेका प्रहरी जवान अजयकुमार मेहताले बोकेको एसएलआरबाट गोली चल्दा यादवको ढाडमा लागेको छ । शौचालयबाट पोस्टतर्फ फर्कने क्रममा पोस्ट नम्बर–४ उक्त घटना भएको मण्डलले जानकारी दिए ।

घाइते यादवलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित घोपा क्याम्प रेफर गरिएको छ।

घटनापछि प्रहरी जवान मेहतालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्