
टिकटकर तुलसा भन्ने तुल्सी अधिकारी पुर्पक्षका लागि कारागार चलान भएकी छन् ।
बिहीबार जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।
अधिकारीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) कसुरमा अदालतमा मुद्दा दर्ता गरेको थियो ।
अधिकारीले चिमोरिया थरका व्यक्तिसँग राखेको सम्बन्धलाई बेइज्जत गराइदिन्छु भन्दै पटक-पटक गरि साढे चार करोड रूपैयाँ असुलेको आरोप छ ।
चिमोरियाकै जाहेरीका आधारमा प्रहरीले अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, तुलसा चीन पुगेकी थिइन् । रेड नोटिस जारी गरिएकी अधिकारी चीनबाट थाइल्याण्ड पुगेका बेला इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेर ललितपुर ल्याएको थियो ।
न्यायाधीश गौतमले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी प्रतिवादी अधिकारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(१) बमोजिम थुनामा राख्न आदेश गरेका हुन् ।
हेर्नुहोस् यो पनि : तुलसाको नानाथरी धन्दा– एकै व्यक्तिसँग साढे ४ करोड, अरूलाई फसाउँदा आफैं फन्दामा !




