२६ जेठ २०८३, मंगलबार

गोरुमाथि निर्दयी व्यवहार गरेको आरोपमा एक जना पक्राउ

जेठ २१, २०८३
काठमाडौं
गोरुमाथि निर्दयी व्यवहार गरेको आरोपमा एक जना पक्राउ

गोरुमाथि निर्दयी व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गौमुखी गाउँपालिका–१ बस्ने ३६ वर्षीय जालिराम थापा मगरले आफ्नै खेतबारीमा गोरु जोतिरहेका बेला गोरु हिँड्न नसकी खेतमै बसेपछि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

विगत ४/५ दिनदेखि फेसबुक र टिकटकलगायत सामाजिक सञ्जालमा प्रसारित भिडियोमा थापा मगरले गोरुको नाक र मुख माटोमा गाड्दै कुटपिट गरेको देखिएको थियो ।

उक्त घटनालाई पशुपक्षीप्रति निर्दयी व्यवहारको कसुर ठहर गर्दै प्रहरीले थापा मगरलाई नियन्त्रणको प्युठान प्रहरीका प्रवक्ता एवं प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।  

null

उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ अन्तर्गत दफा २९० बमोजिम मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय प्युठानबाट पाँच दिनको म्याद थप गरी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्