
नेपाल प्रहरीले काठमाडौँको टोखाबाट खैरोहिरोइन र नगद रु एक लाखसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले २० दशमलव ६४ ग्राम लागुऔषध खैरोहिरोइन र रु एक लाख १५ हजार नगदसहित सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थायी घर भई हाल काठमाडौँको टोखा बस्ने ३८ वर्षीय युगसाङ राईलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले निजले कोठामा लुकाइ रोखेको भन्ने गोप्य सूचनाका आधारमा जाँच गर्दा खैरोहिरोइन र नगद फेला परेको जानकारी दिए । प्रहरीले पक्राउ परेका राईसँग खैरोहिरोइन, नेपाली रुपैयाँका साथै दुई हजार २०० भारतीय रुपैयाँ, एक थान डिजिटल तराजु र एक थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका निजका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।