२२ असार २०८३, सोमबार

रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ, ५ मतले पछि परे महेश जीसी

जेठ २४, २०८३
बुटवल
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ, ५ मतले पछि परे महेश जीसी

​राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको सभापतिमा हरि श्रेष्ठ विजयी भएका छन् ।

शनिबार सम्पन्न जिल्लाको पहिलो अधिवेशनबाट प्रतिद्वन्द्वी महेश जीसीलाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठले ११८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जीसीले ११३ मत ल्याएका निर्वाचित संयोजक रास्वपा केन्द्रीय कृषि विभाग सदस्य अशोक टण्डनले जानकारी दिए ।

उपसभापतिमा १२७ मत ल्याएर प्रगति राना मगर विजयी भएका छिन् । उनका प्रतिस्पर्धी निशेष श्रेष्ठले ९१ मत प्राप्त गरेका थिए ।

सचिवमा देवराज पाण्डेले १८९ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी निरज मरासिनीले ४० मत प्राप्त गरे ।

सहसचिवमा भने जेनजी सागर पाण्डे निर्विरोध निर्वाचित भएका थिए भने कोषाध्यक्ष पछि मनोनीत गरिने छ ।

समिति सदस्यहरूमा माया जीसी, देविका राना, प्रेमबहादुर सुनार, भागवत गिरी, दीक्षा भण्डारी, असीम भण्डारी र तुलसा पोख्रेल विजयी भएका छन् ।​​

निर्वाचनमा कुल २४३ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्