
काठमाडौँ । जारी विश्वकपमा फ्रान्सका कप्तान केलियन एमबाप्पे र अर्जेन्टिनी भेट्रान लियोनेल मेस्सीले समान ७-७ गोल गरेका छन् ।
पाराग्वेविरुद्धको अन्तिम १६ को खेलमा निर्णायक पेनाल्टी गोल गरेसँगै एमबाप्पेले मेस्सीसँगको दूरी मेटाउँदै गोल गर्न अरुलाई अवसर समेत प्रदान गरेको आधारमा गोल्डेन बुटको दाबेदारको रुपमा आफूलाई अगाडि राखेका छन् ।
यी दुई स्टारलाई पछ्याउने क्रममा नर्वेका अर्लिङ हालान्ड र इङ्ल्यान्डका कप्तान ह्यारी केन पनि रहेका छन्। दुवैले हालसम्म समान ५-५ गोल गरिसकेका छन्। सबैको आगामी खेल बाँकी नै रहेकाले गोल्डेन बुटको दौड रोचक देखिएको छ ।
सर्वाधिक गोलकर्ताको वर्तमान अवस्था:
केलियन एमबाप्पे (फ्रान्स): ७ गोल
लियोनेल मेस्सी (अर्जेन्टिना): ७ गोल
अर्लिङ हालान्ड (नर्वे): ५ गोल
ह्यारी केन (इङ्ल्यान्ड): ५ गोल
भिनिसियस जुनियर (ब्राजिल): ४ गोल
ओसमान डेम्बेले (फ्रान्स): ४ गोल
मिकेल ओयार्जाबल (स्पेन): ४ गोल
स्माइला सार (सेनेगल): ४ गोल