०५ साउन २०८३, मंगलबार
जलविरेमा दुर्घटना

जलबिरेमा दुई वटा बस ठोक्किए, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

साउन ३, २०८३
काठमाडौं
जलबिरेमा दुई वटा बस ठोक्किए, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

जलबिरे क्षेत्रमा दुई बस एकापसमा ठोक्किएपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान ७:१५ बजे उक्त सडकखण्डमा दुर्घटना भएपछि सवारी आवागमन प्रभावित भएको हो ।

यसअघि सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार शनिबार राति १० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । 

उक्त रोक आइतबार बिहानदेखि हटाएर सवारी सञ्चालन शुरू गरिएको भए पनि जलबिरेमा भएको दुर्घटनाले सडक पुनः अवरुद्ध भएको सडक डिभिजनले जनाएको छ ।

सडक डिभिजन भरतपुरले चालकहरूलाई हतार नगरी, सीमित गतिमा र लेन अनुशासन पालना गर्दै सवारी सञ्चालन गर्न अनुरोध गरेको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय चिवतनका प्रमुखसहितको टोली घटनास्थल प्रस्थान गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्