३० जेठ २०८३, शनिबार

ओमानमा आगलागी भएको ट्याङ्करका चालक दलका सदस्यसहित २४ जनाको उद्धार

जेठ २५, २०८३
काठमाडौं
ओमानमा आगलागी भएको ट्याङ्करका चालक दलका सदस्यसहित २४ जनाको उद्धार

भारतीय नौसेनाको हेलिकोप्टरले सोमबार ओमानको समुद्री तटमा आगलागी भएको ट्याङ्करबाट २४ जनालाई उद्धार गरेको नयाँदिल्लीले सोमबार जनाएको छ ।

भारतको बन्दरगाह, ढुवानी तथा जलमार्ग मन्त्रालयले पलाउको ध्वजावाहक ट्याङ्कर एमटी मारिभेक्समा दिउँसो १ः३० बजे आगलागी भएको जानकारी दिएको छ ।

“एमटी मारिभेक्स ट्याङ्कर (जहाज) मा आगलागी भएको र भारतीय नौसैनिक हेलिकप्टरले चालक दलका सदस्यसहित २४ भारतीयलाई उद्धार गरेका छन्”, मन्त्रालयका निर्देशक ओपेशकुमार शर्माले भने, “सबै भारतीय नागरिक सकुशल छन् ।”

‘फरवार्ड सिमेन्स युनियन अफ इन्डिया’ को नाममा रहेको सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा चालक दलका सदस्यलाई हेलिकप्टरको प्रयोग गरी जहाजबाट बाहिर निकालिएको देखिन्छ ।

आगलागी भएको ट्याङ्कर राजधानी मस्कटको दक्षिणमा ओमानको तटमा रहेको ‘मरिनट्राफिक’ले देखाएको थियो।

भारतीय अधिकारीहरूले जहाजमा भएको क्षतिको बारेमा विस्तृत विवरण प्रदान गरेका छैनन् र आगलागी के कारणले भएको हुन सक्छ भनेर सङ्केत गरेका छैनन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलसँग युद्ध सुरु भएयता इरानले स्ट्रेट अफ हर्मुज हुँदै जाने जहाजको आवागमनलाई व्यापक मात्रामा रोक लगाएको छ । यो जलमार्गले सामान्यतया शान्तिकालमा विश्वको तेल र खाना पकाउने ग्यास ढुवानीको पाँच भागको एक भाग ढुवानी गथ्र्याे ।

salt training

कमेन्ट गर्नुहोस्