३० जेठ २०८३, शनिबार

डलरदेखि कतारी रियालसम्म : यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

जेठ ३०, २०८३
काठमाडौं
डलरदेखि कतारी रियालसम्म : यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ । 
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८८ पैसा र बिक्री दर १५२ रुपैयाँ ४८ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७५ रुपैयाँ ८० पैसा र बिक्री दर १७६ रुपैयाँ ५० पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङको भाउले दुई सयको आँकडा पार गर्दै आज एक पाउण्डको बिक्री दर २०४ रुपैयाँ ५४ पैसा पुगेको छ।

यसैगरी बहराइन दिनारको बिक्री दर ४०४ रुपैयाँ ३८ पैसा र ओमानी रियालको ३९६ रुपैयाँ ०३ पैसा कायम गरिएको छ। यसैगरी कतार र साउदी अरबको रियालको बिक्री दर क्रमशः ४१ रुपैयाँ ८२ पैसा र ४० रुपैयाँ ६३ पैसा रहेको छ भने संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री दर ४१ रुपैयाँ ५२ पैसा पुगेको छ।

null

salt training

कमेन्ट गर्नुहोस्