२१ जेठ २०८३, बिहीबार

स्वागतको बेला भाजपा कार्यालयमा राखियो मोदी र नितिनका साथै रवि लामिछानेको फोटोसहितको ब्यानर

जेठ १९, २०८३
काठमाडौं
स्वागतको बेला भाजपा कार्यालयमा राखियो मोदी र नितिनका साथै रवि लामिछानेको फोटोसहितको ब्यानर

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका छन् ।​​

भाजपाको ‘नो बीजेपी’ (बीजेपी जान्नुहोस्) कार्यक्रमअन्तर्गत भाजपा मुख्यालयमा भएको भेटमा रास्वपा सभापति लामिछानेका साथै उनकी धर्मपत्नी निकिता पौडेल, रास्वापाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य छन् । ​

सभापति लामिछानेको स्वागतमा भाजपा कार्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा राष्ट्रिय अध्यक्ष​ नितिनका साथै लामिछानेको फोटोसहितको ब्यानर राखिएको थियो ।​​

null

भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेका अनुसार भेटवार्तामा राष्ट्रिय तहदेखि बुथ तहसम्मको संगठनात्मक संरचना, सदस्यता वितरण प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहसम्म पार्टीको पहुँच विस्तार लगायतका विषयमा अनुभव आदानप्रदान भएको थियो ।

त्यसक्रममा भाजपा र रास्वपाबीच पार्टीगत सम्बन्ध र अन्तरपार्टी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको जनाइएको छ ।

भ्रमणका क्रममा रास्वपाको प्रतिनिधिमण्डलले भाजपा मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो ।

प्रतिनिधिमण्डललाई पार्टीको सञ्चार प्रणाली, सूचना व्यवस्थापन तथा ज्ञान स्रोतबारे जानकारी गराइएको डा. चौथाइवालेले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्