०४ असार २०८३, बिहीबार

ग्यालेक्सी S26 Plus मा २३ हजारको क्यासब्याक, अधिकतम बचत र सजिलो खरिदको विकल्प​

जेठ ५, २०८३
काठमाडौं
ग्यालेक्सी S26 Plus मा २३ हजारको क्यासब्याक, अधिकतम बचत र सजिलो खरिदको विकल्प​

सामसङ नेपालले ग्यालेक्सी S26+ ले सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ । जसले ग्राहकलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध दिएको कम्पनीले जनाएको छ ।

प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरूका लागि डिजाइन गरिएको ग्यालेक्सी S26+ ले सामसङको Plus डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिन्छ।

ग्यालेक्सी S26 सिरिजका प्रमुख मोडेलमध्ये एक भएकोले, यो अफरले ग्राहकहरूका बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिन सामसङ प्रतिबद्धता देखाउँछ।

यो सीमित अवधिको अन्तर्गत ग्यालेक्सी S26+ खरिद गर्दा ग्राहकहरूले २३ हजारको इन्स्ट्यान्ट क्यासब्याक पाउँछन्, जसले यसको विशेष अफर मूल्य १ लाख ८२ हजार ९९९ बाट घटेर १ लाख ५९ हजार ९९९ पुगेको छ ।

कम्पनीका अनुसार यो अफर १९ मेदेखि ३१ जुनसम्म मान्य हुनेछ ।

यसको खरिद अझ सजिलो बनाउन सामसङ नेपालले HFL मार्फत् Insta Finance बाट २४ महिनासम्मको सजिलो EMI सुविधा पनि दिइरहेको छ । जसको मासिक किस्ता ४ हजार ३४१ बाट शुरू हुन्छ। ग्राहकहरूले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्छन् ।

salt training

कमेन्ट गर्नुहोस्