२४ जेठ २०८३, आइतबार

मायोपियाविरुद्ध जनचेतना फैलाउन दृष्टि आईद्वारा काठमाडौंसहित तीन शहरमा र्‍याली

जेठ ९, २०८३
काठमाडौं
मायोपियाविरुद्ध जनचेतना फैलाउन दृष्टि आईद्वारा काठमाडौंसहित तीन शहरमा र्‍याली

विश्वभर तीव्र गतिमा बढिरहेको मायोपिया (टाढा नदेख्ने दृष्टिदोष)प्रति जनचेतना फैलाउने उद्देश्यले दृष्टि आई केयर सिस्टमले जनचेतनामूलक र्‍याली निकालेको छ ।

शनिबार बिहान ७ बजे दृष्टि आई केयर सिस्टमको नेतृत्वमा काठमाडौं, वीरगञ्ज र बिर्तामोडमा आयोजित र्‍यालीमा सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

null

मायोपियासम्बन्धी सचेतना र जानकारी व्यापक बनाउने उद्देश्यले सबै उमेर समूहका नागरिकको सहभागितामा र्‍याली आयोजना गरिएको दृष्टि आई केयरले जनाएको छ ।

‘मायोपिया जनचेतना सप्ताह’ अन्तर्गत जेठ ३ गतेदेखि ९ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिएको पनि आयोजकको भनाइ छ ।

यस अवधिमा विभिन्न विद्यालयमा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिनुका साथै सयौं बालबालिकाको प्रारम्भिक आँखा परीक्षण गरिएको थियो । परीक्षणमा सहभागी विद्यार्थीलाई दृष्टिसम्बन्धी सबै शाखामा निःशुल्क विस्तृत आँखा परीक्षण सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।

null

काठमाडौंमा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै दृष्टि आई केयरका कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठले यो अभियान केवल पदयात्रा मात्र नभई व्यवहार परिवर्तन, दृष्टिकोण परिवर्तन र भविष्यका पुस्ताको दृष्टि सुरक्षित बनाउने सामूहिक संकल्पको शुरूआत भएको बताए ।

त्यस्तै, नेपाल दृष्टि विशेषज्ञ संघका सचिव अभिनास झाले मायोपिया अर्थात् नजिक देख्ने तर टाढा नदेख्ने समस्या तीव्र गतिमा बढिरहेको र बालबालिकामा यसको प्रभाव बढी देखिएकाले समयमै नियन्त्रण नगरे भविष्यमा दृष्टि गुम्ने खतरा रहने बताए ।

नेपाल नेत्र सहायक संघका सचिव रमेश प्रधान तथा अप्टिकल व्यवसायी संघ नेपालका प्रवक्ता मनोज धिमालले सबै सरोकारवालाबीच सहकार्यबाट मात्रै मायोपिया नियन्त्रण सम्भव हुनेमा जोड दिए ।

null

मायोपिया विशेषज्ञ दीपक घिमिरेले मायोपियालाई सामान्य दृष्टिदोषका रूपमा मात्र नभई दीर्घकालीन रूपमा दृष्टि गुम्ने जोखिमसँग जोडिएको समस्याका रूपमा लिनुपर्ने बताए । 

उनले डिजिटल उपकरणको नियन्त्रित प्रयोग, नियमित बाह्य क्रियाकलापमा सहभागिता तथा नियमित आँखा परीक्षणमार्फत मायोपिया नियन्त्रण गर्न सकिने जानकारी दिँदै यसप्रति सामूहिक चेतना आवश्यक रहेको उल्लेख गरे ।

काठमाडौंमा आयोजित र्‍याली दृष्टि आई केयर सिस्टम कलंकीबाट शुरू भई कलंकीचोक, रविभवन हुँदै सोल्टीमोड पुगेर पुनः दृष्टि आई केयरमै आएर समापन भएको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्