२५ जेठ २०८३, सोमबार
अध्यात्मदर्शन

महाभारत ज्ञानमाला : प्राचीन नियोग प्रथाबारे दार्शनिक र वैज्ञानिक चिरफार [भिडियो]

जेठ १६, २०८३
काठमाडौं

महाभारतका प्रमुख पात्रहरूमध्ये धृतराष्ट्र र पाण्डुको जन्म एउटा विचित्र परिवेशमा र विचित्र तरिकाले भएको छ, जुन कुरा सुन्दा मात्र पनि आजको सभ्य समाजमा अलि कस्तोकस्तो लाग्न सक्छ ।

जब सत्यवतीका पुत्रद्वय चित्राङ्गद र विचित्रवीर्यको अल्पायुमै मृत्यु हुन्छ तब हस्तिनापुरमा राज्य संकट देखा पर्दछ । उता शन्तनुका गङ्गाका तर्फबाट भएका पुत्र भीष्मले पहिले नै अखण्ड ब्रह्मचर्यमा रहने शपथ लिएका हुन्छन् यता सत्यवतीका तर्फबाट भएका दुवै पुत्रको अल्पायुमै मृत्यु भएको छ । त्यसपछि कुरुराजवंश परम्पराको उत्तराधिकारी को हुने भन्नेबारेमा खैलाबैला शुरू हुन्छ ।

अन्तत: अर्को कुनै उपाय नदेखेपछि राजमाता सत्यवतीले आफ्नो विवाहपूर्व नै परासर ऋषिको तर्फबाट जन्मिएका पुत्र व्यासलाई बोलाएर भाइ विचित्रवीर्यकी विधवा पत्नीद्वय अम्बिका र अम्बालिकाको तर्फबाट सन्तान जन्माउन आग्रह गर्दछिन् ।

पहिले त व्यासजीले नीतिगत तर्क गरेर आमा सत्यवतीको आग्रह अस्वीकार गर्ने प्रयास गर्दछन् तर आमाले ‘आग्रह मात्र नभई आदेशको कुरा गरेकी हुँ’ भनेपछि बाध्य हुन्छन् र उनले नियोगविधिद्वारा विधवा बुहारीद्वयबाट क्रमश: धृतराष्ट्र र पाण्डुलाई जन्माउने काम गर्दछन् ।

तर तपाईंलाई के लाग्छ ? यस किसिमको विचित्र घटनाको अन्तर्य यति नै हो, जुन पढिँदै र सुनिँदै आएको छ ? कि यसको रहस्य अर्कै छ ? यसमा इतिहास, दर्शन र विज्ञानको दृष्टि कस्तो वा कसरी हेरिएको छ ? आजको भिडियोमा हामीले यसैको गहिराइ खोतल्ने प्रयास गरेका छौं ।

के तपाईंलाई थाहा छ ? आजभन्दा हजारौं वर्षपूर्व महाभारत कालमा एउटा यस्तो वैज्ञानिक र आनुवंशिक प्रयोग भएको थियो, जसको रहस्य सुन्दा आधुनिक वैज्ञानिक पनि अचम्म मान्ने गर्दछन् । त्यतिबेला एउटा यस्तो घटना भएको थियो, जहाँ कुरुवंशको विनाश रोक्नका लागि महर्षि व्यासजीले भाइ विचित्रवीर्यका दुई विधवा पत्नीसँग मिलेर इतिहासकै सबैभन्दा ठूलो सामाजिक र जैविक निर्णय लिएका थिए । पछि गएर यसैको परिणामस्वरूप धृतराष्ट्र र पाण्डुको जन्म भएको थियो ।

हामीमध्ये कतिपयलाई यो घटना केवल एउटा धार्मिक वा तिलस्मी कथामात्र लाग्न सक्छ तर यदि यस यदि मैले घटनाको पछाडि एक्काइसौं शताब्दीको डीएनए संरचनाभन्दा बाहिरको आनुवंशिक विज्ञान र प्राकृतिक वा कृत्रिम छनोट विज्ञानको नियम लुकेको छ, जसको कारण धृतराष्ट्र जन्मान्ध भए र पाण्डुको शरीर जन्मँदै कमजोर भयो भनेँ भने ?    

हो, आजको भिडियोमा हामी कुरुवंशको सोही सबैभन्दा ठूलो रहस्यमय घटनालाई इतिहास, दर्शन र आधुनिक विज्ञानको दृष्टिबाट हेर्ने प्रयास गर्दैछौं । त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला । किनकि विज्ञानको खण्डबाट तपाईंको दृष्टिकोणमै परिवर्तन आउन सक्छ ।

भिडियो सामग्री :

 

salt training

कमेन्ट गर्नुहोस्