२५ जेठ २०८३, सोमबार

१३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो बागमती साहित्य महोत्सव

जेठ १८, २०८३
काठमाडौं
१३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो बागमती साहित्य महोत्सव

शनिबारदेखि शुरू बागमती साहित्य महोत्सवको दोस्रो संस्करण १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानको संयोजनमा आयोजित महोत्सवमा प्रदेशका १३ जिल्लाका साहित्यकारको सहभागिता थियो ।

महोत्सवले कविता, उपन्यास तथा नाट्यलगायत सिर्जनालाई अर्थतन्त्रसँग जोड्ने गरी साझेदारी र सहकार्य हुनेगरी परियोजना निर्माण गर्नुपर्नेमा जोड दिएको छ । 

साथै, भाषा साहित्य, संगीत, नाट्य तथा ललितकला, संस्कृतिको संरक्षण, अनुसन्धान र प्रवर्द्धनका लागि आगामी दिनमा पनि निरन्तरता दिने घोषणापत्रमा उल्लेख छ । 

यस प्रकारका महोत्सवहरूलाई निरन्तरता दिनका लागि संघीय, प्रादेशिक, जिल्ला, स्थानीय तहका सरकार र क्रियाशील प्राज्ञिक संस्थाले हरेक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिनुपर्ने माग गरिएको छ ।    
 

salt training

कमेन्ट गर्नुहोस्