२५ जेठ २०८३, सोमबार

पल्सर आरपीएम : युवा सृजनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव

जेठ १८, २०८३
काठमाडौं
पल्सर आरपीएम : युवा सृजनशीलता र साहसिक खेलकुदको उत्साहपूर्ण उत्सव

पल्सर आरपीएमले जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा आयोजना गरेको ‘पल्सर आरपीएम टेकओभर टोखा’ कार्यक्रम सम्पन्न गरेको छ । 

युवा पुस्ताको ऊर्जा, सृजनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा र्‍याप ब्याटलजस्ता आकर्षक प्रस्तुतिहरू समावेश थिए । यी गतिविधिमार्फत नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आफ्नो कला र क्षमता प्रदर्शन गरेका थिए ।

कार्यक्रममा उपस्थित दर्शकहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै प्रत्येक प्रस्तुतिको भरपूर मनोरञ्जन लिएका थिए ।

null

कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्टन्ट राइडर रबिन श्रेष्ठले पल्सर एनएस२०० मा सवार हुँदै रोमाञ्चक स्टन्ट प्रदर्शन गरेका थिए । उनको साहसिक प्रस्तुति र उत्कृष्ट नियन्त्रण क्षमताले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो ।

स्टन्ट प्रदर्शनका क्रममा देखाइएको कौसल, गति र सन्तुलनले कार्यक्रमको रोमाञ्चलाई थप उचाइमा पुर्‍याएको थियो ।

पल्सर आरपीएम टेकओभर केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई गति, सीप, सृजनशीलता र आत्मविश्वासको उत्सवका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

पल्सर समुदायले प्रतिनिधित्व गर्ने साहसी, ऊर्जाशील र सीमाभन्दा बाहिर सोच्ने संस्कृतिलाई कार्यक्रमले प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो ।

एकै स्थानमा विविध कला, खेलकुद र सांगीतिक प्रस्तुतिहरूलाई समेट्दै सम्पन्न भएको ‘पल्सर आरपीएम टेकओभर टोखा’ले युवा पुस्ताको उत्साह र प्रतिभालाई उजागर गर्नुका साथै सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्