![निजी स्कूलको लूटबारे बहस : लुट्ने स्कूल सुकाउने विद्यार्थी नेताको चेतावनी [भिडियो कुराकानी]](https://lktcdn2.prixacdn.net/media/Untitled_WdlSqISLGv_tZLuJzbv5y.png)
काठमाडौं, २३ चैत- निजी तथा संस्थागत विद्यालयहरूले मनोमानीरूपमा शुल्क लिइरहेको विषय चर्को बहसमा आएको छ । अभिभावक पनि विभिन्न शीर्षकमा विद्यालयहरूले आफूहरूलाई ठगिरहेको बताउँछन् । तर शहरी क्षेत्रमा बसोवास गर्ने अधिकांशले सकीनसकी निजी विद्यालयहरूमा नै आफ्ना बालबालिका पढाइरहेको देखिन्छ ।

आगामी शैक्षिक सत्र शुरु नुहँदै लोकान्तर डटकमले ललितपुरका केही विद्यालयको शुल्कबारे स्थलगत रिपोर्टिङ गर्दा महंगो मात्र होइन सामाजिक दायित्व बिर्सिएर अभिभावकमाथि गैरजिम्मेवार व्यवहार गरिरहेको फेला पर्यो ।
यही विषयमा निजी विद्यालयको एक छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फे र एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सचिव आरसी लामिछानेसँग मनीषा अवस्थीले कुराकानी गरेकी छन् ।
हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :
हेर्नुहोस्, यस श्रृंखलाका अघिल्ला भागहरू :
अभिभावक लुट्ने स्कूलमा ‘लोकान्तर स्टिङ अपरेसन’, भर्ना शुल्क नै २ लाखसम्म ! [भाग- २]
निजी विद्यालयको मनोमानी : मापदण्डको तेब्बरभन्दा बढी शुल्क ! [भाग १]