२६ असार २०८३, शुक्रबार

आयोजक रसिया विश्वकपबाट बाहिरियो, २० वर्षपछि सेमिफाइनलमा क्रोएसिया

आयोजक रसिया विश्वकपबाट बाहिरियो, २० वर्षपछि सेमिफाइनलमा क्रोएसिया

काठमाडौं, २४ असार- विश्वकप फुटबल आयोजक रसिया प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार राति भएको खेलमा टाइब्रेकरमा चुकेपछि रसियाको विश्वकप यात्रा समाप्त भएको हो । 

आयोजक रसियालाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाले रसियालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हरायो ।

अब उसले इंग्ल्याण्डको सामना गर्नेछ । रसियाका फेडर स्लोल्वको पेनाल्टी क्रोएसियाका गोलकिपरले रोकेका थिए । रसियाका गोलकिपर इगर एकिनफिवले क्रोएसियाका मारियो मान्जुकिजको पेनाल्टी रोक्दै टिमलाई अवसर दिए ।

तर, रसियाका मारियो फर्नान्डेजको पेनाल्टी सही दिशा नै लिन सकेन । इभान र्याकिटिकले गोल गर्दै क्रोएसियालाई सेमिफाइनलमा र्पुयाएका छन् ।

यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा दुबै टोलीले एक एक गोल गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्