
काठमाडौं– रुसमा जारी विश्वकप फुटबलअन्तर्गत शनिबार तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ । रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा जारी खेलमा बेल्जियमले सुरुवाती गोल गरेको छ । बेल्जियमका थोमस म्युनियरले खेलको चौथाे मिनेटमै गोल गरेका हुन् ।
समूह जी मा रहेका दुवै टोलीले समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरेका थिए, जसमा बेल्जियम १–० ले विजयी भएको थियो ।