२५ असार २०८३, बिहीबार

गूगलमा ‘इडियट’ शब्द खोज्दा ट्रम्पको फोटो आउँछ, किन ?

गूगलमा ‘इडियट’ शब्द खोज्दा ट्रम्पको फोटो आउँछ, किन ?

काठमाडौं – तपाईं गूगल इमेजमा अंग्रेजी शब्द ‘इडियट’ सर्च गरेर खोज्नुस् त । सबभन्दा शुरूमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको तस्वीर आउँछ । 

किन यसो हुन्छ ? 

गूगल इमेज सर्चमा इडियट अथवा बेवकुफ टाइप गर्दा ट्रम्पको जुन तस्वीर देखिन्छ त्यो बेबीस्पिटल नामक अमेरिकी ब्लग साइटको हो । त्यो वेबसाइटमा इडियट हेडलाइनमा एउटा लेख छ जुन सन् २०१७ मे १२ को हो । यो वेबसाइट एक वर्षदेखि सक्रिय छैन । 

खासमा गूगल कीवर्ड र एल्गोरिदममा काम गर्छ । गूगलले कीवर्डको प्रयोग गरिएका तस्वीरलाई सबभन्दा पहिले देखाउँछ । 

त्यसो त गूगलमा इडियट सर्च गर्दा ट्रम्पको मात्र नभई वैज्ञानिक आइन्सटाइनको पनि तस्वीर आउँछ । demonofmarketing.com नामक वेबसाइटले The Difference Between a Genius and an Idiot नामक लेखमा न्युटनको तस्वीर हालेको छ । इडियट कीवर्डलाई धेरै मानिसले न्युटनको तस्वीरसँग जोडेर अप्लोड गरेको हुनुपर्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्