×

NMB BANK
NIC ASIA

हेटौंडा पुग्न कुलेखानी सडकको विकल्प तयार हुँदै, काठमाडौंबाट दूरी ९० किलोमिटर मात्र

फागुन १०, २०७५

NTC
Premier Steels

काठमाडौं – नेपालले कुनै दातृ निकायको सहयोगविना आफ्नै लगानीमा बनाइरहेको पहिलो सडक कान्ति लोकपथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कुलेखानी सडकको विकल्पको रूपमा उक्त सडक निर्माण गरिएको हो ।

Muktinath Bank

कान्ति लोकपथ आयोजनाका अनुसार सडकको ६ किलामिटर ट्र्याक चौडा गर्न मात्रै बाँकी छ । कडा चट्टान भएका र पहिरोको जोखिम रहेका स्थान गरी ६ किलोमिटर मात्रै सडक बनाउन बाँकी रहेको आयोजनाले जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजनाका सूचना अधिकारी इञ्जिनीयर अमिन्द्र खड्काले कान्ति लोकपथ आयोजना अन्तर्गत काम भइरहेको उक्त सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘हाम्रो योजनाले हेटौंडाको बुद्धचोकदेखि ललितपुरको टीका भैरवसम्म हेरिरहेको छ,’ उनले लोकान्तरसँग भने, ‘कडा चट्टान भएका र पहिरोको जोखिम रहेका केही स्थान गरी ६ किलोमिटर ट्र्याक चौडा गर्न बाँकी छ ।’

Vianet communication

उनका अनुसार हेटौंडाको बुद्धचोकदेखि ललतिपुरको सातदोबाटोसम्मको सडकको लम्बाई ९० किलोमिटर छ ।

उक्त सडक निर्माणका लागि सरकारले नेपाली सेनामार्फत् वि.सं.२०१३ मै ट्र्याक खुलाउने काम अघि बढाएको थियो । नेपाली सेनाले वि.सं. २०१६ मा उक्त सडकको ट्र्याक खोल्ने काम सम्पन्न गरेको थियो ।

ट्र्याक खोलिसकेपछि विभिन्न राजनीतिक उतारचढावका कारण सडक निर्माणको काम अघि बढ्न नसकेपनि पछिल्लो समय सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो । चालू आर्थिक वर्षभित्रै ठूला सवारी साधन गुड्ने गरी काम भइरहेको सूचना अधिकारी खड्काले बताए ।

निर्माणको काम वि.सं. २०६४ सालमा शुरू भएको थियो । चालू आर्थिक वर्षसम्म आइपुग्दा साढे ३२ किलोमिटर कालोपत्रे भइसकेको र ४० दशमलव ५ किलोमिटर ग्राबेल भएको उनले बताए ।

‘२०६४ सालसम्म विभिन्न कारणले सरकारको प्राथमिकतामा पर्न सकेन,’ उनले थपे, ‘केही स्थानमा सडकको ट्र्याक चौडा गर्ने काम भइरहेकोले चालू आवभित्रै सहज तरिकाले ठूला सवारी साधन चलाउन मिल्ने छ ।’

चालू आवमा ६२ प्रतिशत कालोपत्रे

यसअघि नै साढे ३२ किलोमिटर कालोपत्रे भइसकेको सडकको चालू आर्थिक वर्षभित्र कुल ६२ दशमलव ५ प्रतिशत मात्रै कालोपत्रे गरिने छ ।

बाँकी रहेका स्थानमा ट्र्याक खोल्ने काम सकिएपछि चालू आर्थिक वर्षभित्रै कालोपत्रे गरिने आयोजनाले जानकारी दिएको छ ।

सडकको कुल चौँडाइ ९ दशमलव ५ मिटर खन्ने र त्यसमा ७ मिटर मात्रै कालोपत्रे गरिने आयोजनाले जनाएको छ । साढे ९ मिटर भित्रै एक मिटर चौडाइमा नाली निर्माण गरिने छ ।

आगामी आर्थिक वर्षको अन्तिमसम्म ७९ किलोमिटर पूरै कालोपत्रे गरिने योजनाका सूचना अधिकारी खड्काले बताए ।

उक्त सडक ७९ किलोमिटर निर्माणका लागि कुल लागत ३ अर्ब ३५ करोड रूपैयाँ लागत लाग्ने अनुमान गरिएको थियो । चालू आर्थिक वर्षसम्म आइपुग्दा १ अर्ब ८० करोड रूपैयाँ खर्च भइसकेको छ ।

कुल ९० किलोमिटर सडकमध्ये बाँकी ११ किलोमिटर सडक निर्माणको कार्य सडक विभाग र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x