
काठमाडौं– भारतीय वायु सेनाका विंग कमाण्डर अभिनन्दन वर्धमान शुक्रवार राति बाघा–अटारी सीमाको बाटो हुँदै भारत फर्किएका छन् । पाकिस्तानी अधिकारीहरुले राति भारतीय समय अनुसार राती करिब ९ः२०मा भारतीय अधिकारीहरुलाई सुम्पिएका हुन् ।
अभिनन्दनको फिर्तामा भारतमा खुसीयाली मनाइएको छ । उनले भारत फर्किए लगत्तै खुसी ब्यक्त गरेका छन् । वर्तमानले भने, ‘आफ्नो देशमा आउँदा धेरै खुसी लागेको छ ।’ भारतीय अधिकारलिाई उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ ।
अभिनन्दन राती १२ बजे दिल्ली एयरपोर्ट पुगेका छन् । उनलाई स्वास्थ्य परीक्षणका लागि सेनाको अस्पताल लगिएको छ ।