१९ असार २०८३, शुक्रबार

फ्रान्सको व्यापार घाटा बढ्यो

फागुन २५, २०७५
फ्रान्सको व्यापार घाटा बढ्यो

फ्रान्स- फ्रान्सको व्यापार घाटा सन् २०१८ को डिसेम्बरको तुलनामा सन् २०१९ को जनवरी महिनामा चार अर्ब दुई करोड यूरो (चार अर्ब ७१ करोड अमेरिकी डलर) ले बढेको यहाँको राजस्व विभागले शुक्रवार बताएको छ । 

जनवरी महिनामा देखिएको थप व्यापार घाटासँगै फ्रान्सको व्यापार घाटा १६.७ प्रतिशत पुगेको छ । 

यो समयमा विदेशमा गरिने निर्यातमा करिब एक प्रतिशतले कमी आउँदा ४२ अर्ब पाँच करोड यूरो बराबरको घाटा भएको छ । 

निर्यातमा आएको कमीका लागि प्रशोधित पेट्रोलियम पदार्थ, गाडीजन्य सामग्रीको उत्पादन साथै गरगहना निर्यातमा आएको कमी जिम्मेवार रहेको केन्द्रीय भन्सार सेवा विभागले जनाएको छ । 

फ्रान्सको विमानजन्य सागग्रीको निर्यातमा पनि यस वर्ष कमी आएको बताइएको छ । भन्सारको तथ्याङ्कअनुसार फ्रान्सले गत वर्षको डिसेम्बरमा ४३ विमानको बिक्रीबाट तीन अर्ब ३० करोड यूरो बराबर आम्दानी गरेकोमा जनवरीमा जम्मा २२ वटा विमानको विक्री भएको र यसबाट दुई अर्ब १० करोड यूरो आम्दानी गरेको देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्