०९ असार २०८३, मंगलबार

भारतको हवाई आक्रमणपछि बालाकोटबाट पाकिस्तानले २०० आतंकवादीको लाश हटाएको हो ? (भिडियो)

फागुन २९, २०७५
भारतको हवाई आक्रमणपछि बालाकोटबाट पाकिस्तानले २०० आतंकवादीको लाश हटाएको हो ? (भिडियो)

काठमाडौं – जम्मु कश्मीरको पुलवामामा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानको बालाकोटमा गरेको हवाई आक्रमणमा २०० भन्दा बढी आतंकवादी मारिएको दाबी गर्दै एउटा भिडियो भाइरल भइरहेको छ । 

भाइरल भिडियोमा एक अमेरिकी अभियन्ता हसन सेरिङले बालाकोटमा गरिएको आक्रमणमा २०० भन्दा बढी आतंकवादी मारिएको सुनाएका छन् । उनले २ मिनेट २० सेकेन्डको एक भिडियो जारी गरेका छन् जसमा पाकिस्तानी

सेनाका केही जवान स्थानीयहरूसँग भेटघाट गरेर सान्त्वना दिइरहेका छन् । यसक्रममा उनीहरूले हिजो हाम्रा २०० मान्छे माथि गए भनेका छन् । 

यो भिडियो ऊर्दू मिडियामा एकदमै भाइरल भइरहेको छ र यसले अनेकौं प्रश्न उठाएको छ । ऊर्दू मिडियाका अनुसार, एयरस्ट्राइकपछि थुप्रै लाश बालाकोटबाट खैबर पख्तुनख्वा लगिएको थियो । 

भिडियोमा पाकिस्तानी सेनाका जवानले हाम्रा २०० भन्दा बढी मानिस शहीद भएको भनिएको छ । अहिले पाकिस्तानी सरकारसँग उभिने बेला भएको उनीहरूको भनाइ छ । जवानहरू आफ्नो भाग्यमा शहादत नलेखिएको र लेखिएकाहरूसँग उभिनुपर्ने भनिरहेका छन् । यसक्रममा आतंकवादीहरूका परिवारका सदस्य र बच्चाहरू रोइरहेका देखिन्छन् । 

तर अमेरिकी अभियन्ता हसनले आफैं यो भिडियोलाई पुष्टि गर्न नसक्न बताएका छन् तर यसबाट पाकिस्तानले केही ठूलै कुरा लुकाइरहेको हो कि भन्ने देखिन्छ । बालाकोटमा अन्तर्राष्ट्रिय मिडियालाई अहिले प्रवेश गर्न दिइएको छैन ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्