०६ असार २०८३, शनिबार

चीनको एक विद्यालयमा कुहिएको मासु खुवाइएपछि हंगामा

चीनको एक विद्यालयमा कुहिएको मासु खुवाइएपछि हंगामा

काठमाडौं – चीनको एक सुप्रसिद्ध उच्च विद्यालयको क्यान्टीनमा कुहिएको र ढुसी परेको खानेकुरा भेटिएपछि जनताको आक्रोश बाहिर आएको छ । 

छङ्दु नं. ७ एक्सपेरिमेन्टल हाईस्कूलमा ढुसी परेको पाउरोटी, कुहिरहेको मासु र सीफूड फेला परेको थियो । 

एक अभिभावकले खानेकुरा गन्धे र घिनलाग्दो भएको र त्यो देखेर वाक्कदिक्क लागेको बताए । 

विद्यालयले माफी माग्दै आफूहरू निकै लज्जित भएको बताएको छ । 

चीनमा सुरक्षित खानेकुराका विषयमा प्रायः विवाद उठिरहेका हुन्छन् र जनताको आक्रोश मत्थर पार्न अधिकारीहरूलाई हम्मेहम्मे परिरहेको हुन्छ । 

सोमवार विद्यालयमा वृक्षरोपण समारोहमा भाग लिनका लागि अभिभावकहरूको एक सानो समूहलाई आमन्त्रण गरिएको थियो र उनीहरूले नै खराब खानेकुराका बारेमा थाहा पाए । 

उनीहरूले क्यान्टीनमा ढुसी परेका र कुहिएका खानेकुरा भेटे । 

उनीहरू क्यान्टीनको भान्सामा किन गए भन्ने विषय स्पष्ट भएको छैन तर गत नोभेम्बर महिनामा धेरै विद्यार्थीहरूलाई पेट दुख्ने, दिसा रोकिने र अन्य विभिन्न रोग लागेकाले भान्सा हेर्ने इच्छा राखेको बताइएको छ । 

‘खानेकुराहरू फ्रीजरमा वर्षौंदेखि राखिएको जस्तो देखिन्थ्यो र मासु त निकै घिनलाग्दो थियो,’ आफ्नी छोरीलाई विद्यालयमा राखेका एक पिताले बताए ।

‘मैले सुँगुरको मासु सुँघेको थिएँ, त्यो निकै गनाएको थियो । अदुवा पनि निकै घिनलाग्दो देखिन्थ्यो ।’

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्