
क्यालिफोर्निया– पेरूका पूर्व राष्ट्रपति अलेजांद्रो तोलेदो को क्यालिफोर्नियामा सार्वजनिक रूपमा मदीरा पिएको आरोपमा आइतबार गिरफ्तार गरिएको अमेरिकी प्रहरीले बताएको छ ।
आइतबार पक्राउ परेका तोलेदोलाई एका रात हिरासतमा राखी सोमबार विहानै रिहा गरिएको थियो ।
सत्तामा रहेका समय पदीय दायित्वको दुरूपयोग गरी ल्याटिन अमेरिका कै सबैभन्दा ठूलो भनिएको भ्रष्टाचार गरेको आरोप पूर्व राष्ट्रपतिमाथि लागेपछि उनी सन फ्रान्सिस्कोमा बसोबास गर्दै आएका थिए ।
सन मेटियो काउन्टीको सेरिफ कार्यालयका प्रवक्ता रोजमेरी ब्लैंक्सवेडले तोलेदोको पक्राउबारे सोमवार भने, “७२ वर्षीय तोलेदालाई आइतबार राति मेनलो पार्क शहरको सान फ्रान्सिस्कोको सामुद्रिक क्षेत्रमा रहेको एक रेष्टुरेण्टबाट गिरफ्तार गरिएको थियो ।” “उहाँलाई कुनै आरोपमा मुद्दा नचलाई सोमबार विहानै छोडिएको छ ।”
तोलेदोले सन् २००१ देखि सन् २००६ सम्म राष्ट्रपतिका रूपमा काम गरेका पूर्व राष्ट्रपति कार्यकाल पूरा गरेपछि स्टेनफोर्ड विश्वविद्यालयमा अध्ययन गर्ने शिलशिलामा क्यालिफोर्निया बस्दै आएका छन् ।
पेरूमा पूर्व राष्ट्रपतिलाई गिरफ्तारीका लागी ३० हजार अमेरिकी डलर का पुरस्कार घोषित गरिएको छ ।
पूर्व राष्ट्रपति तोलेदोविरुद्ध राष्ट्रपतिका रूपमा रहेका समय ब्राजील को निर्माण कंपनी ओडेब्रेच्टसँग दुई करोड डलर घुस लिएको आरोप छ । यद्यपि उनले भ्रष्टाचार आरोपको खण्डन गर्दै आएका छन् ।