०४ असार २०८३, बिहीबार

गुगलमाथि १४९ करोड युरो जरिवाना

गुगलमाथि १४९ करोड युरो जरिवाना

काठमाडौं– युरोपीयन संघ (ईयू)को एक आयोगले गुगलमाथि जरिवाना लगाएको छ । गुगलले प्रतिस्पर्धी खनलाइनको सर्च विज्ञापन ब्लक गरेको भन्दै ईयूले गुगलमाथि १४९ करोड युरो जरिवाना गरेको हो । 

बीबीसीका अनुसार गुगलले अनलाइन विज्ञापनमा दुरुपयोग गरेको ईयूको आरोप छ । ईयूको प्रतिस्पर्धी आयोगले दुई वर्षभित्र गुगललाई तेस्रो पटक नियम उल्लंघन गरेको आरोपमा जरिवाना गरेको हो । युरोपीयन संघको प्रतिस्पर्धी आयुक्त मार्गरेट वेस्टेजरले गुगलले गरेको काम युरोपीयन यूनियनको नियम विपरित भएको बताए । 

उनले ब्रसेल्समा गुगलको एडसेन्स विज्ञापन कारोबारमा लामो समयदेखि चलिरहेको अनुसन्धानबारे जानकारी गराए । उनले भने, ‘अनुसन्धानमा थाहा भयो, गुगलले एडसेन्स प्लेटफर्मको ठाउँमा ब्रोकरको उपायोग गरेर वेबसाइट रोक्न आफ्नो बलियो स्थितीको दुरुपायोग गरेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्